काठमाडौं – लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी – शाखा अधिकृतका लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो।
आयाेगले न्याय सेवातर्फ न्याय, , कानुन र सरकारी वकिलमा खुला १ सय ३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपांग ६ को क्षेत्रका लागि ५ सिटमा आवेदन लोक सेवा आयोगले खुलाएका छन्।
त्यस्तै परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा खुलातर्फ २ सय ३८, महिलातर्फ ७७, आदिवासीजनजातितर्फ ६१, मधेसीतर्फ ५१, दलित, अपांग र पिछडिएको क्षेत्रमा क्रमश २०, ११ र १० जनाका लागि विज्ञापन गरेकाे हाे।
स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पुस १५ सम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्नेछन्। आयाेगले जनाएअनुसार उक्त पदहरूकाे लागि लिखित परीक्षा चैत १७ गतेदेखि शुरू हुनेछ।