काठमाडौं _ प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन्।
प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो।
मंगलबार अस्पताल पुगेका प्रधानमन्त्री ओलीका आईसीयूमै राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकका अनुसमार सम्भवतः मंगलबार नै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिनेछ।