वीरगञ्ज – मंगलबार सखुवा प्रसौनी गाउँपालिकामा अवैध रुपमा घरेलु मदिरा भट्टी नष्ट गरेको हो।
पर्सा सखुवाप्रसौनी –२ महुवन बस्ने वीरेन्द्र चमार, ओम कलवार, जटा शंकर कलवार, मगर माझी र सुगेन्दर माझीले सञ्चालन गरेको मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएका छन्।
पर्सामा सञ्चालित पाँच वटा मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ। प्रहरी कार्यालय पोखरीया र पटेर्वासुगौलीबाट संयुक्त टोली त्यहा पुगेको थिए।
प्रहरी निरीक्षक चन्द्र सिंह तयारी घरेलु मदिरा ५० लिटर र एक हजार पाँच सय लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थसमेत नष्ट गरिएको उनले जानकारी दिएका छन्।