काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। एकहत्तरौँ अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा आज राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ।
गृहमन्त्री थापाले भन्नुभयो, ‘नेपाल ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानमा छ, मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ।’ उहाँले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभएको छ।
गृहमन्त्री थापाले सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउनका लागि ऐन संशोधनको अन्तिम तयारीमा रहेको र छिट्टै ऐन संशोधन हुने विश्वास दिलाउनुभएको छ।
आयोगका अध्यक्ष अनुपराज शर्माले बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहेको, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसकेको र समाजमा जातीय भेदभाव विद्यमान रहिरहेको बताउनुभयो।
आयोगले स्वास्थ्य सेवामा सबैको पहुँच नभएकाले नै संविधान प्रदत्त मौलिकहक अझै सहजरूपमा नागरिकले उपभोग गर्न नसकेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायतका तप्कालाई राज्यले विशेष ध्यान दिन नसकेको आयोगले जनाएको छ।
रासस