काठमाडौं —कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले लाभांश वितरण गरिने छ। वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले ६ प्रतिशत शेयर लाभांश र २४ प्रतिशत नगद लाभांश दिने भएको हो।
सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमाल पौडेलले जानकारी दिए।