दाङ– तुलसीपुर घोराही सडक खण्डमा पर्ने ग्वार खोलामा दुई वटा पक्की पुल निर्माण भएका छन्। दुवै पुल निर्माणको लागत रु ४७ करोड रहेको छ।
पुल निर्माणको जिम्मा कालिका रसुवा जेभिले विसं २०७४ वैशाखमा पाएको थियो भने पुल निर्माण आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने सम्झौता भएकोमा तोकिएको समय भन्दा अगाडि नै निर्माण सम्पन्न भएको इञ्जिनीय वसन्त ज्ञवालीले जानकारी दिएका छन्।
यसैबीच तुलसीपुर घोराही सडकमा आधा दर्जन पुलःनिर्माण भइरहेका छन्। निर्माणाधि केही पुलको निर्माण अन्तिमचरणमा भए पनि पत्र खोलाको पुलको काम भने अझै १५ प्रतिशत पूरा भएको छैन्। सो पुल निर्माणमा ताकेता गर्ने यहाँका नागरिकले माग गरेका छन्। (रासस)