हेटौंडा– १३ औं दक्षिण एशीयाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई प्रदेश ३ सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने जनाएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयअनुसार स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य विजेतालाई २५ हजार नगद सहित सम्मान गरिने छ। प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलका अनुसार प्रदेश सरकारले दिने नगद पुरस्कार पदक विजेता प्रदेश ३ का खेलाडीहरुले मात्र पाउने छन्।