गुल्मी – छोरी बेपत्ता भएको दिनदेखि बिरामी आमाको अवस्था नाजुक बन्दै गएको छ। गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–५ रजस्थल गाउँकी १७ वर्र्षीया पूजा अर्याल मङ्सिर १ गते विहान सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट हिँडेकी थिइन्।
उनी हिँडैकै दिन तम्घासको भगवती मन्दिरसम्म पुगेको एक जना छिमेकीले देखेको बताएका छन। त्यसपछि उनको अवस्था अज्ञात छ। तर तिनै बेपत्ता छोरीको एक युवाले फेक आइडी बनाएर थप पीडा थपिदिएका छन्। तर,युवतीका नाममा एक जना युवाले फेसबुक आईडी बनाएर अनेकन लेख्दै पीडा दिने गरेको परिवारका सदस्यहरुले बताएका छन्।
जसले कहिले भारतमा छु भन्ने त कहिले पूजा आर्याल नामकै आईडीबाट म जीवन र मरणको दोसाँधमा छु भनेर लेख्ने गरेका छन्।