उदयपुर– जिल्ला अस्पताल अहिले जिर्णे बन्दै गएको पाईएको छ। जिर्णे वन्दै गएको अस्पतालबारे युवाहरुले प्रशासनलाई ध्यानकर्षण गराएको छ।
जिल्ला फुटबल सङ्घको अगुवाईमा अस्पतालको स्थलगत निरीक्षण गरि ध्यानकर्षण गराएका हुन्। अस्पताल निरीक्षण पछि युवाहरूले अस्पतालको अवस्था सुधार गर्न अस्पताल प्रशासन र सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन्।
अस्पतालको समस्या छिट्टै समाधानको लागि अस्पताल विकास समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार तथा त्रियुगा नगर प्रमुख बलदेव चौधरीलाई समेत ध्यानाकर्षण गराइएको छ ।
अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत,शौचालय सरसफाई, शैयाको व्यवस्थापन जस्ता अनावश्यक झाडी फडानी गर्नको लागी निर्देशन दिइएको नेकपाका नेता तथा एन्फा प्रवक्ता किरण राईले बताए।
साथै नेपाल सरकारबाट निशुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्ये ३० प्रकारको औषधि मात्र अस्पतालमा उपलब्ध भएको पनि फेला परेकोभन्दै युवाहरुले सबै प्रकारका औषधि निशुल्क उपलब्ध गराउन समेत सचेत गराएका छन्।