एजेन्सी– रोबर्टो एस्कोबारले निकै सस्तो मूल्यमा फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेका छन्। यसअघि पनि विभिन्न प्रोडक्ट तथा सर्भिसहरु ल्याईसकेको एस्कोबार ईंकले हालै आफ्नो पहिलो फोल्डेबल स्क्रीनसहितको स्मार्टफोन सार्वजनिक गरेको हो।
अहिले सार्वजनिक फोल्डेबल स्मार्टफोनको नाम स्कोबार फोल्ड वान राखिएको छ र यो चिनियाँ कम्पनी रोयोल फ्लेक्सिपाईको नयाँ भेरिएन्ट हो। तर यो फोनमा हाल गोल्ड एलिमेन्ट राखिएको छ।
एस्कोबार फोल्ड १ एन्ड्रोयड ९.० अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यसमा अक्टा कोर २.८ गीगाहर्ज क्वालकम स्न्यापड्रागन ८५५ चीपसेट राखिएको छ। फोनमा ८ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज रहेको छ। यो फोनको डिस्प्ले ७.८ इन्चको एमोलेड फूलएचडी प्लस छ भने यसलाई पुरै खोल्दा यसको डिस्प्ले साइज दोब्बर हुन्छ।
फोनमा १६ मेगापिक्सेल प्लस २० मेगापिक्सेलको ड्यूल क्यामरा छ भने यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ। एस्कोबार फोल्ड १ फोल्डेबल स्मार्टफोनलाई अहिलेसम्मकै सबैभन्दा सस्तो फोल्डेबल स्मार्टफोनको रुपमा लिईएको छ।
रोयोलको फोल्डेबल स्मार्टफोन फ्लेक्सिपाईको बजार मूल्य १,३०० अमेरिकी डलर हाराहारी भएपनि एस्कोबारले ल्याएको यो फोल्डेबल स्मार्टफोनको मूल्य केबल ३५० अमेरिकी डलर अर्थात करिब ४० हजार रुपैयाँ तोकिएको छ।
https://youtu.be/i84u77kFpkQ