एजेन्सी– सन् २०१९ सकिनै लाग्दा मोटोरोलाको स्मार्टफोन वान हाइपर सार्वजनिक भएको छ। मिड रेन्जको स्मार्टफोनको रुपमा बिहीबार अमेरिकी बजारमा सार्वजनिक भएको मोटोरोला वान हाइपर कम्पनीको वान सिरिजमै आजसम्मकै उत्कृष्ट स्मार्टफोनको रुपमा लिइएको हो।
कम्पनीकै सबैभन्दा उच्च रेजोलुसन भएको क्यामरा प्रयोग गरिएको छ। त्यतिमात्रै नभएर यसमा कम्पनीकै सबैभन्दा फास्ट चार्जिङ सिस्टम प्रयोग गरिएको छ। साथै फोनको फ्रन्ट र ब्याक दुबै क्यामरामा नाइट भिजन प्रविधि समावेश छ।
पप–अप सेल्फी क्यामराको साथमा आएको वान हाइपरमा नोच–लेस डिस्प्ले रहेको छ। जुन कम्पनिले आफ्नो उत्पादनमै पहिलो पटक प्रयोगमा ल्याएको हो। जुन आईपीएस एलसीडी प्यानल सहितको फुल एचडी प्लस डिस्पले हो।
६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोन डबल क्यामरा सिस्टममा आएको छ। जसमा ८ मेगा पिक्सेलको अर्को वाइड क्यामरा रहेको छ। जसले ११७ डिग्री वाईड एंगलमा फोटो खिच्ने छ। त्यस्तै सेल्फीको लागि ३२ मेगापिक्सेलको पप–अप क्यामरा दिइएको छ।
कम्पनीका अनुसार फोनको पछिल्लो भागमा फिंगर प्रिन्ट सेन्सर दिइएको छ। साथै उक्त स्थानमा मोवाईलमा आएको विभिन्न नोटिफिकेशनको बारेमा जानकारी दिन नोटिफिकेशन लाइट पनि उपलब्ध गराइएको छ। जसले स्मर्टफोनलाई अझ बढी आकर्षण बनाएको छ।
क्वालकम स्न्यापड्रयागन ६७५ चिप सेटमा आधारित फोनमा ४ जीर्बी याम रहेको छ। भने, १२८ जीबी इन्टरनेट स्टोरेज(रोम) रेहको छ। चार हजार एमएएच ब्याट्री क्षमताको साथमा आएको फोनमा ४५ वाटको फास्ट चार्जिङ सिस्टम रहेको छ। जसले १० मिनेटको मोवइल चार्जमा १२ घण्ट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
यसको बजार मुल्य अमेरीकी डलर ४ सय अर्थात नेपाली बजार मुल्य ४७ हजार तोकिएको छ।