सुनसरीे– दुहबीमा एक अर्बको लगानीमा ‘वाटर पार्क’ नामको बहुउद्देश्यीय पर्यटन केन्द्र निर्माण गर्ने तैयारी थालिएको छ। निजी, सरकारी र साझेदारी क्षेत्रको लगानीमा दुहबी नगरपालिकाभित्र ९ बिगाहा क्षेत्रफलमा ९३ करोड ३१ लख ५३ हजार लगानीमा बहुउद्देश्यीय पर्यटकीय केन्द्र ‘वाटर पार्क’ निर्माण गर्ने तैयारी थालिएको हो।
झापा, मोरङ र सुनसरीबासीलाई लक्षित गरेर निर्माण गर्न लागिएको वाटर पार्कको बस्याल एण्ड कम्पनी प्रालिले डिपिआर तयार गरेको छ। पार्क निर्माणका लागि ८ करोड ९४ लाख बरावरको जमिन अधिग्रहण गरिनेछ। ७८ करोड २७ लाख पार्कको भौतिक निर्माणमा मात्र खर्च हुनेछ। बाल उद्यान, पौडी पोखरी, होमस्टे, रेष्टुरेन्ट र ठूला साना सभाहलहरू, फुटसल ग्राउण्ड, जिमखाना आदि वाटरपार्क्भित्र समावेश हुनेछन्। पार्क निर्माणमा प्रदेश सरकारले पनि सघाउने भएको छ।
कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बस्यालले वाटरपार्कमा कम्तीमा दैनिक २ हजार जनाले भिजिट गर्नेछन्। समयमै लगानी जुटेमा ८ वर्ष्भित्रमा अन्तर्रा्ष्ट्रियस्तरको वाटर पार्क निर्माण भइसक्ने उनको भनाइ छ
सरकार र निजि क्षेत्र दुवैले राम्रो आम्दानी गर्नसक्ने भएकोले लगानी गर्नका लागि दुहबी नगरपालिका र एक नम्बर प्रदेश सरकार दुवैले लगानी गर्न आग्रह गरेको छ।