काठमाडौं—१३औँ दक्षिण एसियाली खेलकुद साइक्लिङका खेलका कारण उपत्यकामा शनिबार विभिन्न रुटमा सवारी अवरुद्ध हुने भएको छ।
टेकु–कालिमाटी–कलंकी–बल्खु–सातदोबाटो–कोटेश्वर–सल्लाघारी–सुर्यविनाएकहुँदै पुनःसल्लाघारी–कोटेश्वर–नयाँबानेश्वर–माइतीघर–सिंहदरबार–भद्रकाली–वीर अस्पताल–जमल–लौनचौर–उत्तर ढोका–नागपोखरी–जयनेपाल हल–संग्राहलय दक्षिण गेट–घण्टाघर–भद्रकाली–नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचनामा जानकारी दिएको छ।
शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सागको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले सो समयमा सम्बन्धित रुटमा सवारी अवरूद्ध हुने महाशाखाले जनाएको छ।
अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन ट्राफिलक प्रहरीले अनुरोध गरेको छ।