एजेन्सी– शाओमीको रेडमी के३० सिरिजमा कम्पनीले क्वालकमको भर्खर मात्रै सार्वजनिक भएको स्न्यापड्रागन ७६५जी चीपसेट प्रयोग हुने भएको छ। कम्पनीले डिसेम्बर १० तारिखमा रेडमीको सो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्दैछ।
सो स्मार्टफोनमा क्वालकमको नयाँ चीपसेट हुनेछ जसमा मल्टिमोड ५जी इन्टिग्रेसन रहनेछ। जसले ३.७ गीगाबाईट प्रति सेकेण्डको दरमा डाउनलोड स्पीड दिन्छ।
रेडमी के३० स्मार्टफोनमा ६.६७ इन्चको डिस्प्ले हुनेछ भने यसको माथिल्लो दायाँ भागमा ड्यूल सेल्फी क्यामरा राखिनेछ ।
शाओमीकाअनुसार रेडमी के३० को पछाडिको भाग फ्रोस्ट ग्लासबाट निर्मित हुनेछ।
संभवत यो स्मार्टफोन क्वालकमको नयाँ चीपसेट प्रयोग गर्ने पहिलो स्मार्टफोन हुनेछ। यसमा क्वालकमको पाँचौं पुस्ताको एआईई आर्टिफिसियल इन्टेलिजेन्स इन्जिन प्रयोग गरिनेछ।
कम्पनीले सो फोनमा ६४ मेगापिक्सेलको मेन क्यामराका साथमा ८ मेगापिक्सेल प्लस, ५ मेगापिक्सेल प्लस, २ मेगापिक्सेलको क्यामरा सेन्सर हुनेछ। फोनमा फिंगरप्रिन्ट सेन्सर, ड्यूल पन्च होल फ्रन्ट क्यामरा र १२ एन्टेना डिजाइन हुनेछ।