एजेन्सी– माेबाइल निर्माता कम्पनी ओप्पोले क्वालकम स्न्यापड्रागन ८६५ र ७६५ चिपसेटमा आधारित भएर फाइभजी स्मार्टफोन ल्याउने भएको छ। मंगलबार आयोजित क्वालकम स्न्यापड्रागन टेक समिटमार्फत ओप्पोले उक्त घोषणा गरेको हो। ओप्पोले यसै महिना क्वालकम स्न्यापड्रागन ७६५ जीमा आधारित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने बताएकाे छ। कम्पनीले सन् २०२० को अप्रिलभित्र क्वालकम स्न्यापड्रागन ८६५ मा आधारित पहिलो फाइभजी स्मार्टफोन ल्याउने जनाएको हाे। ‘स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हामी प्रयोगकर्तालाई क्यामरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्स लगायतमा उत्कृष्ट अनुभव प्रदान गर्न चाहन्छौं,’ ओप्पोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष्, एलेन वुले भनेका छन्, ‘स्न्यापड्रागन ७६५ मा आधारित रेनो थ्री प्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटीको अनुभव प्रदान गर्नेछ।’