काठमाडौँ, १७ माघ – गरिमा विकास बैंक लिमिटेडले नयाँबानेश्वरमा पनि आफ्नो शाखा विस्तार गरेको छ। बुधबार नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरे।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८, देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालित छ। विकास बैंकले छिट्टै पर्साको वीरगंज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा लगायतका स्थानमा शाखा बिस्तार गर्ने तयारी गरेको छ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु. २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको जनाएकाे छ। साथै बैंकले गत बर्षको तुलनामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु. ४३ करोड ९३ लाख सञ्चालन मुनाफामा आर्जन गरेकाे छ।