काठमाडौँ– एलजीले उपभोक्ताको माग ध्यानमा राखि कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ। एल्जी ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने वासिङ्ग मेसिन हो।
सेन्सर ड्रायर टेक्नोलोजिको प्रयोग गरि उक्त कन्डेन्सर ड्रायर निर्माण गरिएका छ। जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँन सहयोग पुर्याउँदछ। साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ , जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ।
यासमा र्याकहरु प्रयोग गरिएको हुनाले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ। ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणुरहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ।
यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल।जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ। साथै एल्जीसँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथ साथै १००प्रतिशत सुकाउँछ।