एजेन्सी–भारतीय कम्प्युटर प्रोग्राम तथा मेकानिकल इन्जिनियर सनमुग सुब्रमण्यमले जुटाएको प्रमाणमाथि अनुसन्धान गरेपछि अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले विक्रम ल्याण्डरको अवशेष फेला परेको छ।
सम्पर्क विच्छेद भएको ८७ दिनपछि भेटिएको विक्रम ल्याण्डर भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा पठाएको थियो। सेप्टेम्बर ७ मा भारतले चन्द्रयान–२, विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पठाएको थियो। तर चन्द्रमाको सतहमा अवतरण हुनुभन्दा २ दशमलब १ किलोमिटर परबाटै सम्पर्क विच्छेद भएको थियो।
नासाले आफ्नो अर्बिटरबाट लिएका तस्बिर सार्वजनिक गरेको छ। जहाँ विक्रम ठोक्किएको स्थान समेत देखाइएको छ। वैज्ञानिकहरुले विक्रमलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने तयारी गर्दै थिए।
यसपटक भारतीय प्रोग्रामबाट प्रमाण भेटेपछि मात्रै नासाले अनुसन्धान सुरु गरेको हो । उसले सार्वजनिक गरेका तस्बिरमा विक्रमको अवशेषलाई रेखांकन गरेको छ ।