एजेन्सी– फेसबुक फोटो र भिडियो गुगल फोटोमा अपलोड गर्न सक्ने सुविधा ल्याए लगत्तै गुगलले फेरी आफ्नो गुगल फोटो एपमै च्याट गर्न मिल्ने अर्को एउटा फिचर थप गरेको छ।
जब प्रयोगकर्ताले गुगल फोटो तथा भिडियो सेयर गर्नेछन्, त्यहाँ कुराकानीका लागि साथीहरुलाई एड गर्न सक्नेछन्। च्याटमा कुराकानीकै क्रममा सेयर भएका फोटोहरु प्रयोगकर्ताले कुनै पनि गुणस्तर नगुमाइकनै आफ्नो ग्यालरीमा सेभ गर्न समर्त सक्नेछन्।
यसरी सेयर गरिएका फोटोमै लाइक र कमेन्ट गर्ने सुविधा पनि दिइएको छ। तपाईंले विद्यमान अवस्थामा प्रयोग गरिरहेका म्यासेजिङ एपलाई विस्थापित गर्नेगरी यो फिचर डिजाइन गरिएको भने होइन।
यो त केवल परिवार र साथीमाझ फोटो सेयर गर्न प्रोत्साहित गर्ने हिसावले मात्रै ल्याइएको हो। समाचार अनुसार अर्को सातासम्म गुगल फोटोजको च्याट फिचर क्रमशः उपलब्ध हुँदै जानेछ र यो फिचरले एन्ड्रोइड, आईओएस र वेब एप्समा समेत काम गर्ने कम्पनीले जनाएको छ।