एजेन्सी– एप्पलले सन् २०२० मा ठूलो साइजको आइफोन लन्च गर्ने नयाँ रिपोर्ट आएको छ। हालै आएको नयाँ रिपोर्टबाट कम्पनीले आगामी वर्ष सबैभन्दा ठूलो डिस्प्लेसहितको आइफोन लन्च गर्ने खबर प्राप्त भएको हो।
ठूलो साइजको आइफोन ६.७ इन्चको मोडल हो र यो एप्पलको आइप्याड मिनीको डिस्प्ले साइजभन्दा एक इन्च सानो छ। आइप्याड मिनीमा ७.९ इन्चको डिस्प्ले रहेको छ। कोरियन समाचार साइट ईटीन्यूजकाअनुसार कम्पनीले आगामी वर्ष २०२० मा तीन साइजका आइफोनहरु लन्च गर्नेछ।
यी सबै आइफोनहरुमा ओएलईडी प्यानल राखिनेछ। यसबाहेक कम्पनीले अर्को चौथो आइफोन पनि लन्च गर्नेछ जसमा ५जी टेक्नोलोजी हुनेछ। यसमा सबैभन्दा सानो ५.४ इन्चको डिस्प्ले मोडल हुनेट भने अर्को ६.१ इन्च र ६.७ इन्चका डिस्प्ले मोडल हुनेछ।
अहिले आइफोन मोडलहरुमध्ये सबैभन्दा ठूलो साइजको आइफोन ११ प्रो म्याक्स रहेको छ जसमा ६.५ इन्च डिस्प्ले छ। यसबाहेकका अन्य दूई फोनहरु आइफोन ११ र ११ प्रो को डिस्प्ले साइज क्रमशः५.९४ इन्च र ५.६७ इन्च रहेको छ।
नयाँ आइफोनहरुमा कम्पनीले सामसंगका डिस्प्ले प्रयोग गर्नेछ। ती प्यानलहरुमा वाई–अक्टा टेक्नोलोजी प्रयोग भएको छ भने यो सामसंग इलेक्ट्रोनिक्सका लागि आफ्नै ब्राण्डका स्मार्टफोनहरु बनाउन प्रयोग हुने गरेको छ।
एप्पलले सामसंग बाहेक डिस्प्लेको लागि एलजी डिस्प्ले पनि छनौट गरेको छ जसले ६.१ इन्चको ओएलइ डिस्प्ले उपलब्ध गराउने रिपोर्टमा उल्लेख छ।