काठमाडौं– गौशालास्थित भण्डारखालको जङ्गलमा एक महिला र एक पुरुषले सँगै आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ रहेका छन्।
आइतबार बिहान जय र उमिता रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतका अनुसार प्रातःभ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएका थिए। बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी घर नफर्किएपछि उनकी छोरी र श्रीमति प्रहरीकहाँ गएका थिए। खोटाङ बस्दै आएकी उमिता काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेकी थिइन्। उनी काठमाडौंमा आएकोबारे नखुलेको प्रहरीले जनाएको छ।
चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै श व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धधान भइरहेको छ।