अर्घाखाँची– बुधबार अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको गउको थियो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले उक्त बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो। ९ सदस्यीय उक्त छानबिन समितिललाई १५ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
गठित समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य रहने छन्। त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासङ्घका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन्।