झापा– झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। बिहिबार राति हात्तिले आक्रमण गर्दा वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको मृत्यु भएको हो।
हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थिए।
स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन्।