काठमाडौँ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् ।
देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने घोषणा गरेकी हुन् ।
समाजिक सञ्जालमार्फत देउवालाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनित हुँदा पार्वता डीसी चौधरी अट्न सकिनँ, अटिनँ त्यसको लागि धन्यवाद छ । छिटै कांग्रेसँगको साइनो तोड्दै छु ।’
उनले कांग्रेस केन्द्रीय सदस्यमा मनोनित हुन लबिङ गर्दै आएपनि नसमेटिएको बताइएको छ ।