अस्ट्रेलियामा शनिबार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबरले जित हासिल गरेको छ । वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार गरेका छन् । जितसँगै लेबर नेता एन्थोनी अल्बानिज प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
वर्तमान प्रधानमन्त्री स्कट मरिसनले शनिबार राति निर्वाचनमा आफ्नो गठबन्धनको हार स्वीकार गर्दै विपक्षी नेता अल्बानिजलाई बधाई दिएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकमाझ बोल्दै मरिसनले लिबरल पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सांसदको जिम्मेवारी पूरा गर्ने तर पार्टी नेताको जिम्मेवारी दलको बैठकबाट हस्तान्तरण गर्ने बताएका हुन् ।