सरकारले कोभिड–१९ खोप प्रमाणपत्रहरूको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ। आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएका चार वटा अस्पतालबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागबाट थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था ल्याएकाे हो।
साे व्यवस्था गरे अनुरूप विभागले नेपालस्थित सबै विदेशी कूटनीतिक नियोगहरूलाई त्यसबारे जानकारी गराएको बताएको छ। साथै, विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई पनि त्यससम्बन्धमा आजै जानकारी गराएको विज्ञप्ति मार्फत जनाएको छ।
यसअघि विदेश जाने कामदार र विद्यार्थीहरूले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिएपनि त्यसलाई पुनः कन्सुलर विभागबाट पनि प्रमाणीकरण गर्दै आएका थिए।