काठमाडाैं – नेकपा माओवादी केन्द्रले सरकारलाई गरेको समर्थन फिर्ता लिएकोबारे संसद सचिवालयलाई पत्र बुझाएको छ। यससगैं प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट पाएको समर्थन औपचारिक रुपमा फिर्ता भएको छ।
माओवादी केन्द्रको हिजो बसेको स्थायि कमिटी बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

