काठमाडौं - सीपीएल प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुकेका छन् ।
उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए । तीन वाइड बल फाल्नुभएका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उहाँ पाँचौँ स्थानमा रहे ।
नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए । यसअघि सन्दीपले समूह चरणका १०० खेलमा १२ विकेट लिएका थिए । उनी सीपीएलकै सबैभन्दा किफायती बलर भएका छन् ।
सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिएका थिए । उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल) तर्फ मोडिएको छ । रासस