काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडाैंमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १५, भक्तपुरका १ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १२ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेक संख्या भने ३५ पुगेको छ।