काठमाडाैं– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी अर्थलिङ्कको अनुमतिपत्र खारेज गरेको छ।
जनकपुर उपनगरपालिका-८ बजरंगचाैक, धनुषाबाट सेवा उपलब्ध गराइरहेको उक्त कम्पनीले आर्थिक अभावका कारण सेवा सञ्चालन गर्न नसकेको भन्दै प्राधिकरणमा निवेदन पेश गरेको थियो। निवेदनमार्फत अनुमतिपत्र खारेज गरिदिन अनुरोध गरेकाले सोही अनुसार निर्णय गरिएको नियामकले जनाएको छ।
प्राधिकरणकाे मिति २०७६/१०/१६ गतेकाे निर्णयअनुसार मिति २०७६/१०/१९ देखि लागु हुनेगरि दूरसञ्चार ऐन, २०६५ काे दफा २८ बमाेजिम लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ। कम्पनीले २०७३ साउन २ गते प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेको थियो।