काठमाडौँ, १५ माघ – सरकारले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आफु मातहत राख्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकले पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई संघीय सरकारकै मातहत राख्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले कांग्रेसको माग पूरा गर्नका लागि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल संघीय सरकारकै मातहतमा ल्याउने निर्णय भएको बताएका हुन्।