काठमाडौँ, १४ माघ – पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकता हुने भएको छ।
दुवै पार्टीको केन्द्रीय सचिवालयद्वारा मंगलबार जारी संयुक्त विज्ञप्तिमा पूर्वपञ्चका दुई पार्टीबीच आगामी शुक्रबार एकताको घोषणा गरिने बताइएको छ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पार्टी एकताको घोषणा गरिने डा. लोहनीले बताएका छन्। ‘राष्ट्रिय आवश्यकतालाई महसुस गर्दै पार्टी एकता गरिने निश्चयमा हामी पुगेका हौँ,’ लोहनीले भने।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको प्रयास गरिएपनि केही मुद्दामा कुरा नमिलेको श्रोतले बताएको छ।