काठमाडौं, १५ माघ – दाेस्रो विश्व कपको रुपमा परिचित अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता यूरो कप २०२० आउन अब ५ सय दिन बाँकी छ। विभिन्न १२ यूरोपली मुलुकहरुको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल २०२० जुन १२ तारिखमा इटालीको रोममा हुँदैछ।
प्रत्येक चार–चार वर्षमा हुने प्रतियोगिता शुरु हुन ५ सय दिन बाँकी हुँदा यूरो २०२० काे आयोजक तथा सहभागी हुने मुलुकहरु र विभिन्न सरोकारवाला निकायहरुले चासोका साथ सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। जुनको दोस्रो हप्तामा इटालीको रोमबाट शुरु भएर जुलाईको दोस्रो हप्तामा सम्पन्न हुने प्रतियोगिताको फाइनल इंग्ल्याण्डको वेम्लीमा आएर टुंगिने छ।
पाँचसय दिन बाँकी भएको मितिलाई चासो दिएर यूएफा यूरो २०२० को अफिसियल ट्वीटर अकाउन्टबाट आधिकारिक रुपमा ५०० दिन बाँकी रहेको बताइएको छ।
उक्त ट्वीटमा ‘अहिलेको टिमलाई हेर्दा वेम्ली स्टेडियममा कसले ट्रफी उचाल्छ होला?’ भनेर पनि सोधिएको छ। फ्रान्समा आयोजित २०१६ को संस्करणमा घरेलु टोलीलाई फाइनलमा निराश पार्दै पोर्चुगलले पहिलो पटक उपाधि उचालेको थियो।
प्रतियोगिताका महत्वपूर्ण मितिहरुः
– यूरो छनौट ग्रुप स्टेजका खेल तालिका सार्वजनिक मिति २०१८ डिसेम्बर २ तारिखमा सम्पन्न।
– यूरो छनौट चरणका खेल २०१९ मार्च २१ देखि शुरु हुनेछन्।
– यूरो छनौट प्ले अफका खेलहरू २०१९ नोभेम्बर २२ देखि हुनेछन्।
– २०१९ डिसेम्बर १ तारिखमा युएफा २०२० प्रतियोगिताको खेल तालिका सार्वजनिक हुने।
– २०२० मार्च २६ तारिखमा युरो छनोटअन्तर्गत प्ले अफका खेल शुरु।
– २०२० अप्रिल १ मा आवश्यक परेको खण्डमा अतिरिक्त प्रतियोगिताको खेल तालीका सार्वजनिक हुने।
– २०२० जुन १२ मा प्रतियोगिताको उद्घाटन हुने।
– २०२० जुलाई १२ मा प्रतियोगिताको फाइनल हुने।
https://twitter.com/UEFAEURO/status/1090167867683819521
https://twitter.com/ScotlandNT/status/1090193744756916225
https://twitter.com/iptvdopovo/status/1090213435256815616
https://twitter.com/England/status/1090142505163665408
https://twitter.com/RomaEURO2020/status/1090181430309728257