एजेन्सी, १५ माघ –फ्रेन्च हेभीवेट पिएसजीका स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलका होम र अवे दुवै खेल गुमाउने भएका छन्।
फ्रेन्च कपअन्तर्गत स्टार्सवर्गसँगको खेलमा दायाँ खुट्टामा चोट लागेपछि पिएसजीका महत्वपूर्ण खेलाडी नेयामारले म्यानचेस्टर युनाइटेडविरुद्धका दुवै खेल गुमाउने भएका हुन्। पिएसजी र युनाइटेडबीचको पहिलो लेग फेब्रुअरी १२ मा र दोस्रो लेग ६ मार्चमा हुनेछ।
गत मंगलबार राति भएको खेलमा २६ वर्षीय ब्राजिलियन फरवार्डलाई गतवर्षकै चोट बल्झिएको हो। गतवर्ष दायाँ खुट्टाको चोटका कारण नेयमार तीन महिना मैदान बाहिर रहेका थिए।
यसअघि घाइते नेयमारले पहिलो लेग मात्रै गुमाउने आशंका गरिएको थियो। तर एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने निश्चित भएको हो। उनी मार्चको अन्तिम सातापछि मात्रै मैदानमा फर्किने अनुमान गरिएको छ।
पिएसजीका प्रशिक्षक थोमस टचेलले नेयमारको गहिरो चोट लागेका कारण पुनरागमनका लागि प्रतीक्षा गर्नुपर्ने बताएका छन्।
https://twitter.com/AbubakarJunio12/status/1088381123175030785
https://twitter.com/its_me_lokey/status/1088191249620713472
https://twitter.com/lequipe/status/1089892077591248896