काठमाडौं, १४ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएर पवेलियन फर्किएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो नेपाली खेलाडी बनेका पारसले १०९ बलमा १५ चाैका र १ छक्काको मद्दतमा ११५ रन जोडेका हुन्। ३९ औं ओभरको पाँचाै बलमा पारस कदिर अहमदको बलमा एलबी डब्लु आउट भएका हुन्।
पारसले ९६ बलमा १०० रन पुरा गर्दै शतक प्रहार गरेका थिए। योसँगै कप्तान पारस एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक धेरै रन जोड्ने पहिलो नेपाली खेलाडी बनेका छन्। व्यक्तिगत चौथो शतक बनाएका पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय दुई अर्धशतक बनाउने र २ सय रन पुरा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन्।
पारसको शतकसंगै युएईले दिएको २५५ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले ४१ ओभर सकिदा ६ विकेट गुमाएर २२९ रन जोडेको छ।