काठमाडौं, १४ माघ – युएईविरुद्ध हुने एकदिवसीय क्रिकेटकाे तेस्रो दिनको खेलमा नेपालले पहिले फिल्डिङ रोजेकाे छ। तीन एक दिवशीय क्रिकेटको अन्तिम खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्दै युएईलाई ब्याटिङको निम्तो दिएकाे हो।
पहिलो खेलमा टस हारेको ब्याटिङ गरेको नेपालले पराजय व्यहोरेको थियो। दोश्रो खेलमा टस जितेर ब्याटिङ नै रोजेको नेपालले शानदार जित निकालेको थियो।
यस अघिका दुइमध्ये दुवै टोलीले एक–एक खेल जितेका हुनाले आजको खेल दुवै टोलीका लागि उत्तिकै महत्वपुर्ण रहेको छ। दुवै टोली आजको खेल जित्दै श्रृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यकासाथ मैदामा उत्रिने छन्।
युएई भ्रमणमा रहेको नेपाली टोलीले तीन एकदिवशीय र तीन टी–२० क्रिकेट खेल्ने छ।