काठमाडौं, १४ माघ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले देशमा भ्रष्टाचार मौलाएको दाबि गरेका छन् । उनले मुलुक गणतन्त्रकालसम्म आइपुगे पनि अवस्था र प्रवृति फेरिन नसकेको बताएका छन् । डा. भट्टराईले देश अनेक प्रकारका काण्डमा परिण भएको समेत उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘पंचायतकालका गलैचाकाण्ड, सुनकाण्डदेखि संसदीयकालका धमीजाकाण्ड, पजेरोकाण्ड हुँदै गणतन्त्रकालमा वाइडबडीकाण्ड, बुढीगण्डकीकाण्ड, एनसेलकाण्ड र चर्पीकाण्डसम्म यो देशमा व्यवस्था र शासक फेरिने तर अवस्था र प्रवृत्ति नफेरिने भो ! चर्पीमा पनि भ्रष्टाचार गर्ने नराधमहरू विरूद्ध जेहाद छेडौं !’