काठमाडौँ, १३ माघ – नेपाल विद्यार्थी संघले अहिले काठमाडौँसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ।
नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेका अनुसार काठमाडौँको माइतीघर मण्डलासहित शंकरदेव क्याम्पस, पशुपति क्याम्पस लगायत अधिकांश क्याम्पसहरूमा विद्यार्थीहरूले आन्दोलन चर्काएका छन्।
नेवि संघले प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गरी विरोध जनाउनुका साथै १५औँ सत्याग्रहका क्रममा प्रा.डा. गोविन्द केसीसँग भएको सम्झौता विपरीप चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा प्रदर्शन गरिएको जनाएको छ।
दुईतिहाइ बहुमतको बलमा चिकित्सा विधेयक पारित गर्नु लोकतान्त्रिक नभएको जनाउँदै विरोधमा उत्रिएको नेवि संघले ओली सरकार अधिनायकवादी बन्दै गएको ठहरसहित देशव्यापी आन्दोलनमा होमिएको महामन्त्री काफ्लेले बताए।
