काठमाडौं, ११ माघ –यूएई विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल ३ विकेटले पराजित भएको छ।
पहिलो इनिङ्गमा ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनकाे झिनो लक्ष्य यूएईले ७ विकेट खर्चेर पूरा गरेको हो। यूएईले ३२ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा गरेको हो।
नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै यूएईका मोहम्मद बोना, घुलाम शब्बेर, सैमन अनवार, मोहम्मद उस्मान, अस्फाक अहमद, फाहाड नवाज र चिराग सुरीलाई आउट गरेका थिए। तर झिनो लक्ष्यका कारण जितका लागि पर्याप्त भने हुन सकेन।
नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने, करण केसीले दुई/दुई र सोमपाल कामीले एक विकेट लिएका थिए। टस हारेर ब्याटिङ गरेको नेपालले पहिलो ईनिङमा राम्रो प्रदर्शन गर्न नसक्दा पराजय भोग्नु परेको हो।