काठमाडौं, ११ माघ – जबरजस्ति चिकित्सा विधेयक पास गरेको भन्दै विवेकशील साझा पार्टीले आन्दोनलका कार्यक्रम सार्वजनिक गरेको छ । माग १३ गते आईतबार बिहान ११ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने जानकारी दिएको छ ।
पार्टीका संयोजक रविन्द्र मिश्रले ट्वीट मार्फत आन्दोलनमा उत्रिन आग्रह समेत गरेका छन् । सरकारले आजमात्रै बहुमत सांसदहरुको अनुमतिमा चिकित्सा शिक्षा विधेयक पास गरेको हो ।
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै अन्यसाना दलहरुको बिरोधका बीचमा चिकित्सा शिक्षा विधेयक पास गरेपछि राजनीतिक ध्रुवि करण बढेको छ ।
https://twitter.com/RabindraMishra/status/1088765961249931264