काठमाडौँ, ११ माघ – शुक्रबारको संघीय संसद बैठक चलिरहँदा नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रद्धर्शन गरिरहेका डा. गोविन्द केसी समर्थक विधार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
डा. केसीको मागअनुसार विधेयक पारित गर्न दबाब दिन पुगेका ७० जनाभन्दा बढी संख्याका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुले डा. केसीसँग भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने भन्दै प्रद्धर्शन गरिरहेका थिए।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित पारित गरेको छ।