काठमाडौँ, ११ माघ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले दुईतिहाइ मतको बलमा चिकित्सा शिक्षा विधेयक पास गरेर अधिनायकवादी चरित्र देखिएको टिप्पणी गरेका छन्।
सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले दुईतिहाइको बलमा जेपनि गर्न सकिन्छ भन्ने नजिर बसाउन खोजेको बताउँदै यसो गरे आफ्नो पार्टीले संसद र सडकबाट आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
डा. गोविन्द केसीसँग भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक नल्याएर गम्भीर गल्ती गरेको पनि देउवाले बताएका छन्। सभामुख कृष्णबहादुर महराले पनि आफ्नो पदीय गरिमा कायम राख्न नसकेको धारणा देउवाले राखेका छन्।