काठमाडौँ, ११ माघ – नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेसहितका ९० जनाभन्दा धेरै विद्यार्थी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय सदस्य सुशील भट्टका अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका महामन्त्री काफ्लेसहित ९० जना विद्यार्थीहरुलाई प्रहरी पक्राउ गरेको हो।
पक्राउ परेका विद्यार्थीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको राखिएको छ।
नेपाली पब्लिकसँग कुरा गर्दै केन्द्रीय सदस्य भट्टले भने, ‘ओली सरकारको तानाशाही कदमका विरुद्धमा नेपाल विद्यार्थी संघ जेल भर्ने आन्दोलन चलाउन तयार छ।’
कम्युनिष्ट सरकारको तानाशाही कदमविरुद्ध आन्दोलन छेडिएको उनले उद्घोष गरे।