काठमाडौँ, ११ माघ –संसद सूचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग छलफल गरिरहेका छन्। काँग्रेस संसदीय दलको बैठकले संसद अवरोध जारी राख्ने निर्णय गरेपछि सभामुख महराले छलफल अगाडि बढाएका हुन्।
सभामुख कृष्णबहादुर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार र प्रमुख सचेतक बालकृष्ण खाँडसँग छलफल गरिहेका छन्। छलफलमा सत्ता पक्षका सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकालसमेत सहभागी छन्।
कांग्रेसले आफ्नो पार्टीका स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पताल खारेज गर्न खोजेको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ।