एजेन्सी– टी–२० विश्वपक छनोटमा आयरल्याण्डले विजयी श्रुवात गरेको छ। आयरल्याण्डले शुक्रबार भएको खेलमा हङकङविरुद्ध ८ विकेटको शानदार जित निकालेको हो।
हङकङले दिएको १ सय ५४ रनको विजयी लक्ष्य आयरल्याण्डले १७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा ग¥यो। आयरल्याण्डका लागि यन्डी बालब्रीनीले नटआउट ७० रनको उत्कृष्ट पारी खेले। उनले ५३ बलमा ८ चौकाको मद्धतमा ७० रन बनाएका हुन्। त्यस्तै अर्का ब्याट्सम्यान पउल स्टर्लिङले पनि अर्धशतकीय पारी खेले। उनले ३६ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्धतमा ६२ रन जोडे।
हङकङको बलिङमा आइजज खानले मात्रै १ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिएका थिए।। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो। हङकङका लागि किञ्चित शाहले आक्रामक अर्धशतकीय पारी खेलेतापनि टोलीको हार टार्न सकेनन्। उनले ५४ बलमा ७९ रन बनाएका थिए। त्यसक्रममा उनले ४ चौका र २ छक्का पनि प्रहार गरे। त्यस्तै हङकङको पारीमा हरुण अर्सतले २० तथा कप्तान निजाकत खानले १६ रन जोडेका थिए।
आयरल्याण्डको बलिङतर्फ मार्क अइदरले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए। त्यस्तै गारेथ डेलानीले २३ रन खर्चिँदै १ विकेट लिए। जितसँगै आयरल्याढडले प्रतियोगितामा शुखद श्रुवात गरेको छ।
स्काेरकार्डः https://www.espncricinfo.com/series/8040/scorecard/1199500/hong-kong-vs-ireland-2nd-match-group-b-icc-mens-t20-world-cup-qualifier-2019-20