एजेन्सी– महान क्रिकेटर तथा पुर्व भारतीय ओपनर सचिन तेन्डुलकर र वीरेन्द्र सहवाग फेरी पनि एकसाथ खेल्दैछन्। सचिन, सहवाग, ब्रायन लारा, तिलकरत्ने दिलशान र जॉन्टी रोड्स जस्ता सर्वश्रेष्ठ खेलाडीहरु रोड सेफ्टी वर्ल्ड सीरीज मा पनि देखिन सक्नेछन्। भारतमा हुने यो टूर्नामेन्टमा खास सन्देश दिनको लागि उनिहरु एकसाथ जुट्नेछन्।
रोड सेफ्टी वर्ल्ड सीरीज टी–२० टूर्नामेन्ट क्रिकेट खेल्ने पाँच देशबिच हरेक वर्ष खेलियाे टूर्नामेन्ट हुनेछ। उक्त टूर्नामेन्टको आयोजन भारतमा हुदैछ। जसमा ऑस्ट्रेलिया, साउथ अफ्रीका, श्रीलंका, वेस्टइंडीज र भारतको टीम भिडने जनाइएको छ।
यसमा दिग्गज क्रिकेटर सचिन तेंदुलकरसहित पांच देशको पूर्व क्रिकेटरहरु शामिल हुने बताइएको छ। सो टूर्नामेंटको आयोजना २०२० फेव्रुअरी २ र १६को बीच हुनेछ। टूर्नामेंटमा अन्तरराष्टिय क्रिकेटबाट विदा भइसकेका १ सय १० खेलाडी समेत उपस्थित हुने जनाइएको छ।
भारतीय क्रिकेट कंट्रोल बोर्ड बिसिसिआईले यसको लागि टी-२० क्रिकेट लीगको संस्थालाई नो ऑब्जेक्सन सर्टिफिकेट दिसकेको छ। यो टी-२० क्रिकेटको प्रमोट गर्ने लक्ष्यले गरिन लागेको हो। जस्लाई रोड सेफ्टी वर्ल्ड सीरीजको नामले आयोजित गर्दैछ। यो लीग स्वच्छ भारत सुरक्षित भारत नामको ट्रस्टद्वारा प्रमोट गरिनेछ। ट्रस्टले महाराष्ट्रको डिपार्टमेंट आरटीओसंग काम गदैर्छ।
भारत को सचिन तेंदुलकर, वीरेंद्र सहवाग, वेस्टइंडीज को पूर्व कप्तान ब्रायन लारा, श्रीलंका को पूर्व कप्तान तिलकरत्ने दिलशान र साउथ अफ्रीका को क्रिकेटर जॉन्टी रोड्सले इंटरनेशल क्रिकेटबाट संन्यास लिईसकेका छन।
सन्यास लिसकेपछि सचिन तेस्रो पटक क्रिकेटको मैदानमा उत्रदैछन्। सन २०१३ मा इंटरनेशनल क्रिकेटबाट सन्यास लिएका सचिनले एमसिसिको विरुद्धमा रेष्ट अफ दि वर्ल्डकाे तर्फबाट खेलेका थिए। त्यस्तै सन २०१५ मा अमेरिकामा आयोजित प्रदर्शनी म्याचमा तीन टी२० म्याच खेलेका थिए।