काठमाडौं – स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले करियरको व्यक्तिगत ७ सय गोल पुरा गरेका छन्। सोमबार राति युक्रेनविरुद्धको खेलमा गोल गरेसँगै उनले यो उपलव्धी हासील गरेका हुन्।
राेनाल्डोले ९ सय ७३ खेलमा ७ सय गोल गरेका हुन। उनले पोर्चुगलको लागि ९५ गोल पूरा गरेका छन्। उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित हुन पुगेको छ।
समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २–१ गोलको हार ब्यहोरेको हो। पहिलो हाफमा नै २–० गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए। तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल हार्न पुग्यो।
समूह ‘बी’ मा रहेको पोर्चुगलले ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर दोस्रो स्थानमा रहेको छ। युक्रेन भने सात खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १९ अंकसहित शीर्ष स्थानमा रहंदै युरो कप २०२० मा छनोट भएको छ।