विराटनगर, ८ माघ - नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। दलद्वारा मंगलबार यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
उक्त दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्ने बताए।
दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
दलका जिल्ला सभापति सञ्जय थापा, गोपाल तामाङ, सिजन गुरुङ र विद्वान गुरुङलगायतले सरकार सुशासनको मार्गमा नहिँडको धारणा व्यक्त गरेका थिए।