काठमाडौं, ८ माघ – भारतीय फुटबल महासंघको निमन्त्रणलाई स्वीकार गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले भारतको निमन्त्रणालाई स्विकार गरेपछि प्रतियोगिता खेल्ने निश्चित भएको हो।
प्रतियोगिताको नाम उल्लेख नभएपनि मिति तय गरिएको एन्फाले बताएको छ। भारतले आयोजना गर्ने प्रतियोगिता उडियाको भुवनेश्वरमा फेब्रुअरी ७ देखि १७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र म्यानमार सहभागि हुनेछन्। दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले अन्तराष्ट्रिय प्रतियोगितालाई तयारीको रुपमा लिएको छ।
नेपाली महिला टिम यतिबेला साफ फुटबलको तयारी गरिरहेको छ। नेपालले थाइल्यान्डमा समेत मैत्रिपुर्ण फुटबल खेल्ने तयारी गरेको छ।