काठमाडौं, ८ माघ – प्रमुख विपक्षी नेपाली कांग्रेसले मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको छ।
कम्युनिस्ट सरकारले दुई तिहाईको दम्भ देखाएर कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै संसद वैठक अवरुद्ध गरेको हो।
संसदको मंगलबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस नेता प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए।
प्रकाशमानले सरकारले पूर्वाग्रही ढंगबाट सरकारले दुबै अस्पताललाई बन्द गराउने खोजेको आरोप लगाउँदै सरकारले उक्त निर्णय नल्याएसम्म संसद चल्न नदिने बताए।
त्यस लगत्तै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न पुगेका थिए। मर्यादापालकहरुले कांग्रेस सांसदहलाई रोकेका थिए।